करेन्ट लागि गुलाब राय यादवको मृत्यु

साझेदारी दैनिक
360 पाठक संख्या

कलैया : बाराको पचरौतामा करेन्ट लागि एक जनाको बुधबार मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा पचरौता नगरपालिका वडा नं. ७ बेनौली निवासी ६० वर्षीय गुलाब राय यादव रहेका छन्।

यादव आफ्नो धान खेतमा काम गरिरहेका थिए। स्थानीय संजय पटेल र जिमदार मुखीया मिली खेतमा पानी तान्नको लागि जोडेको तारमा करेन्ट लागी यादव घाइते भएका थिए। उनलाई उपचारको लागी कबही तर्फ लादै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रहरी चौकी पिपरपाती बाराबाट प्रहरी सहायक निरीक्षक शेख नेक महम्मदको कमाण्डमा र तालुक इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुनसिहं ठगुन्नाको कमाण्डमा मुचुल्का सहितको टोली खटीगएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त कार्यालय प्रमुख,प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

यादवले संजय पटेल तथा जिमदार मुखिया विरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

Leave a review