बारासहित देशभर ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाईयो

साझेदारी दैनिक
234 पाठक संख्या

कलैया । बारा,पर्सा सहित देशभर शनिवार भगवान ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भक्तिपूर्वक मनाइएको छ ।

वैदिक सनातन धर्मका विभिन्न ग्रन्थहरुमा उल्लेख भएअनुसार द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको स्मरण गदै ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व उल्लाहसका साथ मनाईदै आईएको हो ।

देशभरिका कृष्ण मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिरहरूमा भक्तजनले श्रीकृष्णको पूजा–आराधना, भजन–कीर्तन, प्रवचन र व्रत बसेर पर्व मनाएको हुन । बस्ने परम्पराले

बाराको सिमरा, कलैया, निजगढ, पिलुवा, कोल्हवीको नयाँवस्ती लगायत जिल्लाको अन्य स्थानका कृष्ण मन्दिरहरुमा बिहानैदेखि भक्तजन र दर्शनार्थीहरूको ठूलो घुइँचो लागेको थियो ।

मन्दिर परिसरमा विशेष पूजा–आराधना, भजन–कीर्तन र प्रवचनका कार्यक्रमहरू गरिएको र शनिवार राती १२ बजे पश्चात श्रीकृष्ण भगवानको जन्मउत्सव गरेर सकिएको छ । आयोजना गरिएका छन् ।

Leave a review

This will close in 0 seconds