कलैयामा सिसिटिभी मर्मत र थप क्यामेरा जडान हुने

संदिप प्रसाद यादव
381 पाठक संख्या

कलैया। बाराको सदरमुकाम कलैयामा जडान भएका सिसिटिभी मर्मत गर्ने र नयाँ सिसिटिभी क्यामेरा थप गर्ने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको पहलमा बुधबार सरोकारवालाबीच भएको छलफलले यस्तो निर्णय गरेको हो।

छलफलमा उपमहानगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघ कलैया, जिल्ला समन्वय समिति र सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। छलफलले एक महिनाभित्र नगर क्षेत्रमा रहेका सबै सिसिटिभी मर्मत गरी सञ्चालनमा ल्याउने र थप ४० वटा सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले अब अन्य स्थानीय तहहरूसँग समेत समन्वय गरी सिसिटिभी व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने बताएको छ।

Leave a review

This will close in 0 seconds