Sajhedari Daily
Latest News from Nepal

जीतपुरसिमरामा प्रदेश सरकारको एक करोड २० लाखको लागतमा योजनाहरु निर्माण हुदै

रञ्जन यादव
जीतपुुरसिमरा उपमहानगरपालिकाको जीतपुुरमा प्रदेश नम्बर २ सरकारको करिब एक करोड २० लाख रुपैयाको लागतमा बिकास निर्माणको काम गरिरहेको छ । जीतपुरको मेनरोडदेखी सशस्त्र सुुरक्षा बेस क्याम्पसम्म जाने बाटोमा २५ लाखको लागतमा बाटो ढलान र खाल्का टोलमा २५ लाखको लागतमा बाटो ढलान कार्य भईरहेको छ ।

यसैगरी बंगाली बाबा मन्दिर परिसर भित्र ३० लाखको लागतमा धर्मशाला निर्माण,शिवपार्वति हलदेखि नगरउद्योग बाणिज्य संघको कार्यालय सम्म २० लाखको लागतमा बाटोल ढलान र चौधरी टोलमा २० लाखको लागतमा बाटो ढलान कार्य केही दिनमै सुुरु हुुने जनता समाजवादी पार्टीका नगरसंयोजक शिवजी प्रसाद साहले जानकारी दिएका छन ।

उपमहानगरपालिकाको वडा नम्बर २ मा पनि रु २० लाखको लागतमा बाटो ढलान, वडा नम्बर २० मा पनि रु २० लाखको लागतमा सामुुदायिक बिद्यालयको अधुुरो भवन निर्माण र वडा नम्बर २२ मा २० लाखको लागतमा बाटो ढलान कार्य चालुु आर्थिक बर्षमा हुुने जसपाका नगर संयोजक साहले जानकारी दिए ।

Comments are closed.

error: Content is protected !!