हैजाको जोखिम बढेसँगै कलैया उपमहानगर सतर्क

साझेदारी दैनिक
357 पाठक संख्या

कलैया । वीरगञ्जमा हैजाको संक्रमण फैलिन थालेपछि बाराको कलैया उपमहानगरपालिकाले पनि कडाइका साथ सतर्कता अपनाएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले आज सार्वजनिक सूचना जारी गर्दै हैजाको सम्भावित जोखिमलाई ध्यानमा राखी स्थानीयवासीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हुन् ।

उक्त सूचनामा चट्पटे, पानीपुरी, चाट, बासी तथा सडेगलेका माछा जस्ता खाद्य पदार्थको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ। साथै, सूचनामा होटल तथा रेस्टुरेन्टहरूले खाद्य पदार्थलाई स्वच्छ तरिकाले बिक्री वितरण गर्नुपर्ने उल्लेख गरिएको छ।

उपमहानगरपालिकाले हैजाको संक्रमण मुख्यतया अस्वच्छ खानेपानी र बासी–सडेको खानाको कारण फैलिने भएकाले खानाखान अघि साबुनपानीले राम्ररी हात धुन, उमालेको वा फिल्टर गरिएको मात्र पानी पिउन, खुला दिसा–पिसाब नगरी शौचालय प्रयोग गर्ने र बासी खाना नखान सबैलाई अपिल गरेको छ।

Leave a review

This will close in 0 seconds