आजपाको प्रदेश कमिटी वैठक वीरगञ्जमा सम्पन्न

साझेदारी दैनिक
271 पाठक संख्या

वीरगञ्ज : आम जनता पार्टी (आजपा) को मधेश प्रदेस कमिटीको बैठक आईतवार पर्साको वीरगंजमा सम्पन्न भएको छ ।

पार्टीका प्रदेश समिटी अध्यक्ष उमेश कुशवहा अध्यक्षतामा वीरगञ्ज स्थित ओम पाटी प्यलेसमा उक्त वैठक सम्पन्न भएको हो ।

बैठकको पार्टीका केन्द्रीय उपाध्यक्ष उपेन्द्र साह,उपध्यक्ष श्रीकाजी मोक्तान(अशोक),महासचिव त्रिभुन साह,उपमहासचिव चन्द्र भूषण साह लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।

बैठकले मधेस प्रदेशमा बिद्यार्थी अनुपातमा शिक्षकपुर्ति,दलतन्त्र र लुटकारी बेबस्तको भण्डाफोर अभियान स्वरुपम असोज ३ बाट देशभर सशक्त आन्दोलन गर्ने घोषणा लगायतका विषयमा निणर्य गरेको वैठकमा सहभागी केन्द्रीय उपाध्यक्ष श्रीकाजी मोक्तान(अशोक)ले साझेदारी दैनिकलाई बताएका छन ।

Leave a review

This will close in 0 seconds