नागरिकता विधेयको विरोधमा जसपाद्धारा कलैयामा वृहत प्रर्दशन

साझेदारी दैनिक
साझेदारी दैनिक 462 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जनता समाजवादी पाटीले बाराको सदरमुकाम कलैयामा मंगलवार प्रस्तावित नागरिकता विधेयको विरोधमा वृहद प्रर्दशन गरेको छ ।

समाजबादी पार्टी नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर्न र मधेशी समुदायको सामाजिक, साँस्कृतिक रीतिअनुसार तेस्रो मुलुकबाट विवाह गरेर ल्याइएको महिलामाथि अन्याय गर्न लागिएको भन्ने विरुद्धमा प्रर्दशन गरेको हो ।

रामजानकी मन्दिरबाट निकाएिको जुलुसले कलैया बजार परिक्रमा गरि मुख्यचौकमा पुगेर कोण समेत गरेको छ ।पार्टीका जिल्ला संयोजक नवल किशोर सिंहको अध्यक्षतामा आयोजित उक्त कोणसभामा पुर्ब सांसद प्रमोद गुप्ताले नेकपाले ल्याएको नागरिकता सम्बन्धि विधेकले हाम्रो आमाहरुलाई बदनाम गरेर गैरनागरिक बनाउन खोजेको आरोप लगाएका छन ।

त्यस्तै सोही अवसरमा बोल्दै प्रदेशसभा सांसद पारस साहले भारत र मधेस तथा नेपालको सम्बन्ध केपि ओलिले बनाए को होइन यो सम्बन्ध भगवान राम र सीताले बनाएको हो,? यसलाई कसैले कागजमा लेखर तोडन नसक्ने बताए ।

यस्तै नेता जितेन्द्र सिंहले काठमाडौंको सिंहदरबारमा बसेर शासकहरुले बनाएको संविधान आजपनि मधेसी, थारू लगायतका स्वीकार नगरेको बताए ।

विरोध कार्यक्रममा पार्टीका संघीय सांसद रामबाबु कुमार यादव , प्रदेश सांसदहरु बच्चा राय यादव, शारदा शंकर साह, पुर्बसांसद आत्मारम साह ,पार्टीका नेता श्याम गुप्ता, अजय पटेल, धर्मेन्द्र यादव,महमद फिरोज, महिन्द्र मंडल , जय प्रकाश साह , राम किशोर यादव लगायतको सहभगिता रहेको थियो ।

कोण सभामा स्वागत पार्टीका अरुण सिंह र संचालन नेता शिवनाथ पटेल गरेको युवा नेता सरर्फुल्लाह अंसारीले जानकारी गराएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review