महाअभियान नेपालले गर्‍यो जिल्ला कार्यसमिति तथा उपमहानगरपालिका कमिटी गठन

साझेदारी दैनिक
409 पाठक संख्या

राष्ट्र राष्ट्रियता धर्म सांस्कृतिक तथा नागरिक बचाउ महाअभियान नेपालले मंगलबार बारा जिल्ला कार्यसमिति र कलैया नगर कमिटी गठन गरेको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित रामजानकी मन्दिर परिसरमा भएको बैठकले सो समिति गठन गरेको हो । अभियानले नयाँ जिल्ला कार्य समिति तथा नगर कमिटी गठन गरेको हो ।

अभियानको नवगठित जिल्ला कार्य समितिको अध्यक्षमा बलिराम हजरा,उपाध्यक्षमा रंशलाम अंसारी,सचिवमा व्रिजकिशोर सहनी,सहसचिवमा लालदेव पण्डित,कोषाध्यक्षमा रन्जु देवी चौधरी, सल्लाहकारमा अन्जु गिरी,सदस्यमा जिरजोधन पासवान,कृष्णा राम,सावित्री देवी साह तेली,साशिला साह कानु,कुन्ती देवी साह चयन भएका हुन् ।

अभियानको नवगठित कलैया नगर कमिटीको अध्यक्षमा मोजाविल मिया अंसारी चयन भएको अभियानका सचिव व्रिजकिशोर सहनीले बताए ।

कार्यक्रममा कन्चन पासवानले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रकाश चौधरीको रहेको थियो । अभियानका जिल्ला अध्यक्ष बलिराम हजराको अध्यक्षतामा सो बैठक बसेको हो ।

Leave a review