महँगोमा विउविजन किनेर सस्तो मुल्यमा धान बेच्न बाध्य किसानहरु

साझेदारी दैनिक
साझेदारी दैनिक 435 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

राम मण्डल /
बारा, पर्साका व्यापारीहरुले सरकारले तोकेको समर्थन मुल्य भन्दा कम मुल्यमा किसानहरुको धानको खरिद गरिरहेका छन ।
सरकारले यसबर्ष तोकेको धानको समर्थन मुल्य भन्दा साढे ६ सय ७ सय रुपैया कममा ब्यापारीहरुले किसानको धान खरिद गरिरहेका छन । सरकारले यसबर्ष किसानहरुले धान लगाउनु भन्दा अघि नै मोटा र मध्यम धानको समर्थन मुल्य तोकेको थियो।

मन्त्रिपरिषद बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैया र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको थियो । तर, सरकारले तोकेको समर्थन मुल्यमा पर्साका किसानहरुले धान बेच्न पाएका छैनन् । किसानहरुबाट यहाँका ब्यापारीहरुले तोकिएको भन्दा कम मुल्यमा नै धान खरिद गरिरहेको किसानहरुले बताएका छन ।

जिल्लाका किसानहरुले उत्पादन गरेको धान अहिले ब्यापारीहरुले २ हजार १ सय ५० रुपैया प्रतिक्विन्टलमा खरिद गरिरहेको पर्सा जगरनाथपुर गाउँपालिका ३ बिजबनियाका किसान फरजन गदीले जानकारी गराए । सरकारले तोकेको मुल्य जतिको मुल्य आफुले बेचेको धानको लागि नपाएको गदीले गुनासो गरे ।

गाउँमा आउने ब्यापारीहरुले बढी भन्दा बढी प्रतिक्विन्टल साढे २१ सय देखि २२ सयसम्म मात्रै मुल्य दिने गरेको गदीको भनाई छ । सरकारले प्रतिक्विन्टल २८ सय भन्दा पनि बढी यसबर्षको लागि धानको मुल्य निर्धारण गरेको भनी आफुले सुनेको भएपनि सो अनुसारको मुल्य हालसम्म किसानहरुले पाउन नसकेको गदीको गुनासो छ ।

चाडपर्ब तथा दैनिक खर्चदेखि लिएर गँहुको बिउ छर्नको लागि पनि कम मुल्यमा भएपनि किसानहरुले धान बेचिरहेको किसानहरुको भनाई छ । ‘सरकारले २८ सय भन्दा पनि बढी धानको मुल्य तोकेको भन्ने सुनेको त छु तर, हामीले धान बिक्री गर्दा त्यति पाएका छैनौ, बारा जीतपुरसिममराका वडा नम्बर १७ का अर्का किसान रुद्र कार्कीले दुखेसो गरे ।

दैनिक खर्च चाडपर्ब लगायत गँहु तथा मकै बाली लगाउनको लागि कम मुल्यमा पनि धान बिक्री ग¥यौ । उनले सरकारले किसानहरुको स्थानीय तहमा नै धान खरिद गर्ने ब्यावस्था मिलाई दिन माँग समेत गरेका थिए ।

सरकारले निर्धारण गरेको समर्थन मुल्य अनुसार जिल्लामा कहि कतै पनि ब्यापारीहरुले धान खरिद नगरेको किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदीले जानकारी दिएका छन ।

महँगोमा विउ विजन खरिद गरेर सस्तोमा धान बेच्नु परेकाले थप पिडित भएको किसानहरुले दुखेसो गरेका छन । सरकारले मुल्य निर्धारण गरेपनि अनुगमन नहुदा व्यापारीहरुले मनोमानी ढंगले खरिद गरिरहेका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review