दुधौरा खोलामा बेपत्ता भएका युवक अझै फेला परेनन् ,खोजी कार्य आज स्थगित

साझेदारी दैनिक
306 पाठक संख्या

कलैया । बाराको प्रसौनीस्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा हाम फालेका एक युवक आइतबार बिहानै देखि बेपत्ता भएका छ्न्।

बेपत्ता हुनेमा प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी २१ वर्षीय बिक्की गोसाई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बेपत्ता भएका गोसाइको घटना लगत्तै खोजी कार्य जारी राखे पनि अझै फेला नपरेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

आज दिनभरी नै सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २० जना र इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको नेतृत्वमा ११ जना र नेपाल आर्मीको टुक्डीसमेत मोटरबोट टोलीले उनको खोजी कार्य जारी राखे पनी अझै फेला नपरेको उनले बताए।

आज रात परेका कारण खोजी कार्यलाई निरन्तरता दिन नसकिएको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन् । उनका अनुसार खोजी कार्य आजका लागि स्थगित गरिएको छ भने भोलि पुनः खोजी कार्य सुरु गरिने छ।

बिहान पुलबाट बिक्की र स्थानीय २० वर्षीय अनुराग केशरवालसँगै ख‍ोलामा हाम फालेका थिए। तर अनुराग आफै पौडेर बाहिर निस्केपनि बिक्की बेपता भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds