रेडियो बाराको दोस्रो वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
457 पाठक संख्या

कलैयामा रेडियो बाराको दोस्रो वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बाराको कलैया उपमहानगरपालिका -६ मदर्सा टोलमा रहेको रेडियो बाराको प्राङ्गणमा आफ्नो दोस्रो वार्षिकोत्सब तथा पुरस्कार वितरण गरि मंगलवार एक कार्यक्रम बीच मनाएको छ ।

“तराई बासीको ढुक ढुकी,रेडियो बारा हामी सबैको साहारा ” भन्ने मुलनाराका साथ आफ्नो दोस्रो वार्षिकोत्सब मनाएको हो ।

रेडियो बाराका संचालक अध्यक्ष प्रभु यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रसौनी गाउँपालिका का उपाध्यक्ष किरण देवी साह रहनु भएकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रसौनी गाउँपालिका का उपाध्यक्ष किरण देवी साहले आउने दिनमा थप सहयोग गर्ने र एसईई परिक्षा सम्बन्धि तयारी कक्षा तथा लोकसेवामा सहयोग पुग्ने गरि हाजिरी जवाफ प्रतियोगिता संचालन गर्न समेत आग्रह गरिन् ।

सथै सामाजमा रहेका धर्मसंस्कृतिलाई संरक्षण गर्दै कुरितीलाई कार्यक्रमको माध्यमबाट हटाउन कार्य गर्दै आएको सराहनीय रहेको उपाध्यक्ष साहले बताइन् ।

रेडियो बाराले संचालन गरेको तीज विषेश कार्यक्रममा अनिता कुशवाहा,गिता साह,सानू माया मगर,संगीता यादव र सन्ध्या चौधरी गरि ५ जना विजेता भएकी थिइन् ।

त्यस्तै कार्यक्रमका विजेता अनिता कुशवाहालाई प्रमुख अतिथि साहले सम्मानसहित पुरस्कार दिएकी थिइन् ।

उक्त कार्यक्रममा राष्ट्रिय कबडी खेलका निर्णायक सन्दिप गुप्ता,कुसती संघ बाराका अध्यक्ष एवम् कलैया सिटी जेसिज २०२४ का महासचिव राज कुमार गिरि,प्रसौनी गाउँपालिका का समाजसेवी प्रदिप साह,रेडियो बाराका कर्मचारी,श्रोतामित्र,सञ्चारकर्मी अजय साह,सृजा थापा लगायतको उपस्तिथि रहेको थियोे ।

सो कार्यक्रममा स्वागत मन्तव्य रेडियो बाराका वरिष्ठ कर्मचारी अनिल बर्माले राखेका थिए भने कार्यक्रमको संचालक रमेश साहले गरेका थिए ।

Leave a review

This will close in 0 seconds