Sajhedari Daily
Latest News from Nepal

कृषि विकास बैंक गरुडा शाखामा रायको आगमन

रौशन चौधरी /
रौतहट जिल्लाको मध्यभाग गरुडामा रहेको कृषि विकास बैंकको शाखा प्रमुखको रूपमा मदन रायले जिम्मेवारी पाएका छन ।
कृषि विकास बैंकको केन्द्रिय कार्यालयको निर्णय अनुसार गरुडा शाखा प्रमुखको रूपमा मदन राय बिहीबार हाजिर भएका हुन । यसअघि राय कृषि विकास बैंक चन्द्रनिगाहपुर शाखामा कार्यरत रहेका थिए ।

वरिष्ठ शाखा अधिकृत सातौं तहका मदन राय झन्डै १२ बर्ष चन्द्रनिगाहपुर शाखामा सेवा दिएका थिए । राय पहिलो पटक उपशाखाको प्रबन्धकको जिम्मेवारी लिएर गरुडा उपशाखामा हाजिर भएका हुन ।

कृषि विकास बैंकमा झन्डै २५ बर्षको अनुभव बटुलेका उनले गरुडा उपशाखालाई अग्रस्थानमा ल्याउने प्रतिवद्धता जनाएका छन । शाखा प्रमुख रायले बैंकको ग्राहकलाई सेवानै पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन ।