कलैया । बारा प्रहरीले तीन लाख ६० हजारको केराउसहित एक पिकअपलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी पथलैयाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक बब्बी बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार केराउ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।
जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैयास्थित पचरौताबाट नारायणघाट तर्फ जादै गरेको ब. प्र.०१–०३२ च –२९७१ नम्बरको पिकअप गाडीलाई रोकि जाचँ गर्दा बिल भरपाई र भंसार कागज नभएको तीन लाख ६० हजार बराबरको तीन हजार किलो केराउ प्रहरीले बरामद गरेको हो।
उक्त पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता पण्डितले जानकारी दिए।

