शनिवार धनतेरस पर्व धुमधामका साथ मनाईयो

साझेदारी दैनिक
276 पाठक संख्या

कलैया : नेपालीको दोस्रो ठूलो चार्ड तिहारको पहिलो दिन शनिबार बारासहित देशभर धनतेरस पर्व मनाइएको छ।

जिल्लाको कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका,देवताल गाउँपालिका, सुवर्ण गाउँपालिका, आर्दशकोतवाल गाउँपालिका, बारागढी गाउँपालिका र करैयामाई गाउँपालिकामा रहेको धनवन्तरीको पुजाआजा गरी धनवन्तरी जयन्ती अर्थात धनतेरस पर्व मनाएका हुन ।

सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजा आराधना गरी यो पर्व मनाइन्छ। यसरी ल्याइएको भाँडाकुँडामा धेरैले कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्छन्।

केहीले भने यसै दिन बेलुकी धनतेरस पूजा गर्छन्। यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको विश्वास छ। धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ। जिल्लाको कलैया बजारमा शनिबार भाँडाकुँडा एवं गरगहना किन्ने ग्राहकहरुको भिड बढेको छ । बजारमा सुनचाँदी पसल, भाँडाकुडा पसल, कपडा पसलमा ग्राहकहरुको भिड लागेको हो ।दीपावली, तिहार, यमपञ्चकजस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो।

शनिबारदेखि विधिवत् रूपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलिमिली बत्ती बालेर दीपावली गरिन्छ।यमपञ्चक शनिबारदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको छ ।

Leave a review

This will close in 0 seconds