पानीको हाहाकार,आधा असार बित्दासम्म पर्सामा पाँच प्रतिशत मात्रै धना रोपाई

साझेदारी दैनिक
242 पाठक संख्या

राम मण्डल/

लामो समयदेखि पानी नपरेपछि असार महिना अधा बितेपनि पर्सामा रोपाई शुरु हुन सकेको छैन ।

असार आधा बितेपनि पर्सा जम्मा पाँच प्रतिशत भुभागमा मौ धान रोपाई हुन सकेको छ।जिल्लामा कहिकहि फाटफुट रुपमा रोपाई भएकाले हालसमम जम्मा पाँच प्रतिशत मात्रै रोपाई हुन सकेको हो ।आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरुले लामो समयसम्म पानी नपरेपछि रोपाई शुरु गर्न नसकेका हुन ।

केही दिन अघिदेखि हल्का पानी परे पनि रोपाइँका लागि पानी पर्याप्त हुन नसकेको किसानले बताएका छन् । पानी नपर्दा किसानहरुले बैकल्पिक रुपमा सिँचाई सबिधाको लागि डिप बोरिङ नदीको पानी ल्याएर सिँचाई गर्दै आएको भएपनि यसपालि भने चर्को गर्मीका कारण अधिकाँश डिप बोरिङहरु सुकेका छन ।

पर्साको पटेर्वा सुगौली, सखुवा प्रसौनी, जीराभवानी, जगरनाथपुर, छिपहरमाई, पकाहामैनपुर विन्दवासिनी, पोखरिया, बहुदरमाई नगरपालिका लगायतका स्थानीय तहमा समेत पानी नहुँदा रोपाई हुन सकेको छैन । पानी नपर्दा रोपाइँ गर्न नसकेको वीरगञ्जका किसान दिपेन्द्र पण्डितले बताए । उनले गत बर्ष यही समयसम्म रोपाई गरिसकेको भएपनि यसपालि पानी नपर्दा खेतहरु बाँझो नै भएको जानकारी दिए ।

गत वर्ष यही समयमा पर्सा जिल्लामा ६० प्रतिशत रोपाइँ भईसक्थयो ।तर यसपालि भने पानी नपर्दा हालसम्म पर्सा जिल्लामा फाटफुट रुपमा केही स्थानमा मात्रै रोपाई भएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साले जानकारी दिएको छ ।

पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।अहिलेसम्म धान रोपाईै हुने क्षेत्रफल मध्ये पाँच प्रतिशतमा मात्रै रोपाई जिल्ला भरिमा भएको कृषि ज्ञान केन्द्र पर्साका बाली बिकाश अधिकृत सुरेश चौरसियाले जानकारी दिनु भयो ।

‘समयमा नै पानी नपर्दा जिल्लाको उतरी भेगका केही सिमित स्थान बाहेक अधिकाँश स्थानमा रोपाई शुरु नै नभएको बताउदै उनले पानी परेको भए किसानले रोपाई गर्थे अनि भएको डिप बोरिङले पनि पानी दिन यसपालि छाडेकाले झनै समस्या भएको छ।

Leave a review

This will close in 0 seconds