देवताल गाउँपालिकाको कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी

साझेदारी दैनिक
274 पाठक संख्या

बाराको देवताल गाउँपालिकाका कर्मचारीहरुले कर्मचारी उपर अभद्र व्यवहार गर्ने वडाध्यक्षलाई कारवाहीको माग गरेका छन् ।

उनीहरुले शान्ति सुरक्षाको माग गर्दै गाउँपालिकाको अत्यावश्यक काम बाहेक सम्पूर्ण कामकाज ठप्प पार्ने जनाएका हुन् ।

एक संयुक्त विज्ञप्ति जारी गर्दै बिहीवार उनीहरुले सेवा अवरुद्ध हुदा हुने क्षतिबारे सम्पूर्ण कर्मचारी क्षमाप्रार्थि रहेको जनाएका हुन् ।

विज्ञप्तिमा यही १६ र १८ गतेका दिन वडा नम्बर ७ का वडा अध्यक्ष सतेन्द्र यादवले प्रमुख प्रशासकीय अधिकृत तथा अन्य शाखाका कर्मचारी माथि अभद्र व्यवहार गरेको जनाइएको छ ।

Leave a review