वीरगञ्ज : वीरगञ्ज समाज सेवाले वीरगञ्जको नारायणी अस्पतालमा लगातार १९ औं महिनाको दोश्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ। डेढ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन सेवा कार्यक्रम सञ्चालन हुने गरेको छ।
अस्पतालमा उपचाररत बिपन्न बिरामीहरु, कुरुवाहरु, असहायहरुको साथै रिक्सा,ईरिक्सा चालकहरु ,यात्री बटुवाहरुले सो सेवा प्राप्त गरेका छन्। उक्त अवसरमा आयोजक वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले “ सेवा नै धर्म हो “ को मूलमन्त्रलाई आत्मसात संस्थाले गरेको जनाइएको हो।
हरेक हप्ता करिब ४ सय ५० देखि ५ सय जनाले यस सेवाबाट लाभ लिँदै आएको उनले जनाए। उक्त अवसरमा उपाध्यक्ष युवा समाजसेवी मनोज रौनियारले दिनदुखी असहायको सेवा सहयोग नै ठूलो धर्म र कर्म भएको जनाए। समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमो भात, लौका हालिएको दाल,आलु परवलको तरकारी र हरियो खुर्सानीको अचारहरु वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए।
निशुल्क भोजन कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार,सदस्यहरू मदन प्रसाद गुप्ता,लालबाबु सिंह , निसान्त लाठ,हरेन्द्र महतो,कल्पना किङरिङ ,साचे मगर ,राज सर्राफ,अनिश सर्राफ लगायतले सेवा प्रदान गरेका थिए।








