Sajhedari Daily
Latest News from Nepal

बारामा ३० जनामा कोरोना संक्रमण पुष्टि

Top Aside Banner

बारामा ३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवका अनुसार ८ जना महिला र २२ जना पुुरुषमा संक्रमण देखिएको बताउनुभयो ।

संक्रमित हुनेहरुमा कलैया उपमहानगरपालिकाका २३ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना,बिश्रामपुर गाँउपालिकाका २ जना महागढी नगरपालिकाका २ जना र प्रसौनी गाँउपालिकाका १ जना गरि ३० जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो । संक्रमितहरुलाई आइसोलेसनमा राखी उपचार भईरहेको प्रवतmा मिश्रले भन्न्ुभयो ।