बाराको सिंगौलबाट ट्याक्टरमा लोड अवैध ढुङ्गासहित ४ जना पक्राउ परेका छन् ।
बन सुरक्षाकर्मीसहित प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट पक्राउ पर्नेमा निजगढ वडा नम्बर १ का वर्ष २० का समिर धामी,वर्ष १७ का सनी धामी,वर्ष २७ का शेष चौधरी र वर्ष १७ का सिद्धान्त धामी रहेका छन ।
सव डिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासका अनुसार चुरे क्षेत्रमा पर्ने धन्सार खोलाबाट अवैध उत्खनन गरेर प्र २– ०३–००१ त ९२२ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई ट्याक्टरसहित पक्राउ गरिएको हो ।
सिगौंल क्षेत्रमा अवैध उत्खनन बढेको गुनासो बढेपछि नियन्त्रणमा सव डिभिजन वन कार्यालय निजगढ,सशस्त्र प्रहरीको वल विपद व्यवस्थापन वेस निजगढ र इलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको संयुक्त परिचालन गरिएको थियो ।
पक्राउ परेका सबैलाई थप कारबाहीको लागि डिभिजन वन कार्यालय सिमरा पठाइएको कार्यालय प्रमुख दासले जानकारी दिएका छन ।

