जनताको सुरक्षा र सेवामा समर्पित भएर काम गर्ने छु :प्रहरी उपरीक्षक खड्का

संदिप प्रसाद यादव
1.2k पाठक संख्या

बारामा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक महेन्द्र खड्काले जनताको सुरक्षा र सेवामा समर्पित भएर काम गर्ने बताएका छन।

जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएर आएका उपरिक्षक खड्काले शुक्रवार बाराका पत्रकारह संग भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्दै यस्तो बताएका हुन ।

उनले आफु कानुन कार्यान्वयन गर्नबाट च्युत नहुने बताएका छन । जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न आफूले कोही,कसैको दबाब र प्रभावमा नपरी काम गर्ने पत्रकारहरुमाझ प्रतिबद्धता जनाए ।

उनले आफू कर्तव्यबाट विमुख नहुने र जिल्ला प्रहरी कार्यालय र मातहतका निकायहरुमा आफु रहुन्जेल शुन्य सहनशीलताको सिद्धान्तलाई सिरोधार्य गरेर काम गर्ने बताएका छन ।

प्रहरी संगठन तथा अन्य सार्वजनिक निकायहरुमा हुने गरेको विचौलिया प्रथालाई अन्त्य गराउने,तस्करी नियन्त्रण,अनुचित लेनदेन,अवैध कारोवार,लागुऔषध नियन्त्रण जस्ता विषयमा परिणाम दिने गरी काम गर्न मातहतका निकायहरु र प्रहरी अधिकारीहरुलाई निर्देशन गरिसकेको उपरिक्षक खड्काले पत्रहरुलाई बताए।

उनले गलत काम गर्ने आफ्नै संगठनका कर्मचारीहरुलाई समेत कडा कारवाही गर्ने चेतावनी दिदै गलत गर्ने जो कोहीलाई छुट नभएको बताएका छन ।

नागरिकको सुरक्षामा समर्पित प्रहरीले शान्ति सुरक्षा र अमनचयन, अपराध नियन्त्रणमा संचारकर्मीहरुको पनि उतिकै साथ र सहयोग आवश्यकता हुने हुदा सहयोग र सहकार्यकालागि आग्रह समेत गरेका छन ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा बाराका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले प्रहरी उपरिक्ष खड्कालाई जिल्लामा भईरहेका घटनाका वारेमा र गर्नुपर्ने मुख्य कामकारवाहीका वारेमा अवगत गराएका थिए ।

पत्रकारहरुले उपरिक्ष खड्कालाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

Leave a review