बारा प्रहरीले एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८० साउन ०१ देखि २०८१ असार ३१ गते सम्मको एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ३७ वटा मुद्दा दर्ता भएको छ भने ८ सय सात वटा मानिस पक्राउ परेका छन् । त्यस्तै ७५ वटा लागू औषध मुद्दा दर्ता भएको छ भने १ सय २३ वटा मानिस पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७९÷०८० मा १ हजार १ सय ९३ वटा मुद्दा दर्ता भएको छ भने ८ सय ७७ वटा मानिस पक्राउ परेका छन् । ९५ वटा लागू औषधको मुद्दा दर्ता भएको छ भने १ सय ३८ वटा मानिसहरु पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा १ हजार ३ सय २२ वटा मुद्दा दर्ता भएको छ भने १ हजार ३१ वटा मानिसहरु पक्राउ परेका छन् । ९२ वटा लागु औषध मुद्दा दर्तामा १ सय ३७ वटा मानिसहरुलाई पक्राउ गरेको त्री–वर्षीय मुद्दा दर्ता र लागू औषध मुद्दा दर्ता संख्या जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ५ सय ३६ किलो ३ सय ९७ ग्राम गाजा,७ किलो ५० ग्राम चरेश ,५९ ग्राम ब्राउन सुगर ( हिरोईन ),आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ५ सय १७ किलो ५ सय ५० ग्राम गाजा,२४ किलो चरेश,२०० ग्राम ३०५ मिलिग्राम ब्राउन सुगर र आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ५४ किलो गाजा,४५ किलो २३ ग्राम चरेस र ५ सय ६९.६४ ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।
त्यसैगरी प्रहरीले आर्थिक वर्ष २०७८÷७९ मा दुई करोड त्रिचालिस लाख उन्नब्बे हजार दुई सय बैसठी रूपैया,२०७९/८० मा बाह्र करोड एक्कसठी लाख तेईस हजार नौ सय उन्नब्बे रूपैया र २०८०÷०८१ मा सन्ताउन करोड चालिस लाख पैतिस हजार छ सय एकावन्न रूपैया त्रि–वर्षीयमा राजस्व संकलन गरेको छ ।
भन्सार छलिका समान बोकेका ट्रकहरू र अन्य समानहरू नियन्त्रणमा लिई भन्सार कार्यालय वीरगंज,पर्सा र आन्तरिक राजश्व कार्यालय पथलैया, बारामा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा महिला ४६,पुरुष ४९,बालक ८,बालिका३६ र जम्मा गरि १ सय ३९,२०७९/०८० मा महिला ४७,पुरुष ४६,बालक ८,बालिका २० जम्मा गरि १ सय २१ र २०८०÷०८१ मा महिला ६८,पुरुष ६४,बालक ७,बालिका २४ १ सय ६३ जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष २०७८÷०७९ मा महिला सम्बन्धि २ हजार २ सय १३ वटा उजुरीमा मिलापत्र १ हजार ४ सय ५०,२०७९/०८० मा २ हजार १ सय ४४ वटा उजुरीमा १ हजार ६ सय ६६ मिलापत्र र
यस्तै २०८०÷०८१ साल १ हजार ९ सय ३६ उजुरीमा १ हजार ७ सय ५० वटा उजुरीको मिलापत्र भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ४ सय २६ वटा ठाडो उजुरीमा २ हजार ३ सय २२ मिलापत्र,आ ब.२०७९/०८० मा २ हजार ९ सय ९५ वटा उजुरीमा २ हजार ८ सय २७ र २०८०/०८१ मा २ हजार ८ सय ५९ ठाडो उजुरीमा २ हजार ५ सय ८४ वटा उजुरीको मिलापत्र भैइ सकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवाना तोकेका ३ सय १९ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ । फरार प्रतिवादीबाट असुल उपर ७९ वर्ष ३ महिना ३ दिन कैद र रू.१ करोड ५४ लाख ५६ हजार २ सय ८८ रुपैया जरिवाना संकलन गरेको जिल्ला प्रहरी कर्याालय बाराका प्रहरी परिक्षक महेन्द्र खड्काले साझेदारी दैनिकलाई जानकारी दिएका छन ।
हतियार १ भरूवा,१ रिभाल्वर,५ कटुवा पेस्तोल गरी जम्मा ७ वटा र गोली २० राउण्ड प्रहरीले बरामद गरेको छ । ९६ वटा हराएको मोबाईलहरू खोज तलास गरी सम्बन्धित धनिलाई बुझाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
प्रवक्ता न्यौपानेका अनुसार अबैध आर्थिक कारोबार (हुण्डी) ४ मुद्दा दर्तामा ८ जनालाई पक्राउ गरि रू.३८ लाख ९ हजार रुपैया बरामद गरेको छ ।
त्यस्तै ३४ हजार २ सय ८५ सवारीलाई ट्राफिक कारवाही गरि २ करोड ९७ लाख ३१ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । अबैध मदिरा र भट्टी नष्ट १ सय ५२,तयारी मदिरा–४९ हजार १ सय ४५लिटर,कच्चा पदार्थ ३ लाख २३ हजार ९५ लिटर,१० जना मानिस पक्राउ, मेशिन ७४ वटा,भाडावर्तन ४ सय ३४ र ७ वटा सवारी साधन प्रहरीले बरामद गरेको छ ।
प्रहरीले ३ हजार ८८ वटा सामुदायिक कार्यक्रम संचालन गरेकोमा १ लाख २२ हजार १ सय ५७ जना लभान्वित भएको प्रहरीले जनाएको छ ।
अनुचित लेनदेनमा १ हजार ४३ मेलमिलापबाट रू.२१ करोड ५६ लाख २७ हजार ६ सय ६ रुपैया र ३० बिगाह १७ कठा १७ धुर जग्ग फिर्ता गराएको प्रवक्ता न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन् ।

