पाँच दलको समर्थनमा बनेका मुख्यमन्त्री सोनल आज विश्वासको मत लिँदै

साझेदारी दैनिक
255 पाठक संख्या

कलैया । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले आज विश्वासको मत लिँदै छन् ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतमा परेपछि मुख्यमन्त्री पदबाट सतिशकुमार सिंहले राजीनामा दिएपछि पाँच दलको ५६ जना प्रदेशसभाको समर्थनमा सोनल गत कात्तिक २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।

Leave a review

This will close in 0 seconds