कोल्हवीमा मनाइयो कालो दिन तथा बिरोध कार्यक्रम

साझेदारी दैनिक
228 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी / बाराको कोल्हवीमा शनिबार कालो दिन मनाइनुको साथै विरोध कार्यक्रम मनाइएको छ। थारु कल्याणकारीणी सभा नगर कार्य समिति कोल्हबी बाराको आयोजनामा कालो दिन मनाइएको हो।

०७२ भाद्र ७ को दिन कैलालीको टिकापुरमा घटेको घटनामा थारुहरुलाइ झुठो मुद्दा लगाइ अहिले सम्म पनि थारुहरुले मुद्दा झेलिरहेको कारणले केन्द्रिय सर्कुलर अनुसार कालो दिनको रुपमा मनाएर बिरोध गरिएको हो।

बिरोध जुलुस थारु सेवा सदनबाट शुरु भइ कोल्हबी बजार परिक्रमा गरि अटो स्टेन्डमा कोण सभामा परिणत भएको थियो।

कार्यक्रममा था क स जिल्ला सभापति रामप्रसाद चौधरी ,कोषाध्यक्ष बासु प्रसाद चौधरी , नेपाल थारु संघ बाराका अध्यक्ष संजय चौधरी थारु ,थारु अगुवाहरु बिरेन्द्र प्रसाद चौधरी , भुवन चौधरी , बिरेन्द्र चौधरी ,था क स वडा कमिटी सभापति रामबाबु चौधरी , राष्ट्रिय थारु कलाकार मंच बाराका अध्यक्ष जय प्रकाश चौधरी , थारु नेताहरु प्रकाश चौधरी , सुरेशबाबु चौधरी ,रामकृपाल चौधरी , राजकुमार चौधरी ,सुमिन्त्रा देवी चौधरी लगायतको सो कार्यक्रममा उपस्थिति रहेको थियो था क स बाराका सभापति रामप्रसाद चौधरीले २०७२ को सम्बिधान अनुसार आफ्नो हक अधिकारको लागि थारुहरुले थरुहट प्रदेशको माग सहित आन्दोलन गरेको जनाए।

राज्यले दमन गरि विभिन्न झुठा मुद्दा लगाएर थारुहरुलाइ बिदेश पलायन हुने अवस्थाको सिर्जना गरेको जनाए।

कार्यक्रममा प्रकाश चौधरी, जयप्रकाश चौधरी, संजय चौधरी थारु लगायतले मन्तव्य व्यक्त गरे। नगर कार्य समिति कोल्हबीकी उपभापति रतनमाला चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संचालन भुवन चौधरीको रहेको थियो।

Leave a review

This will close in 0 seconds