अपाङ्गता भएका ब्यक्तिहरुलाई लैगिंक समानता सम्बन्धी तालिम

रञ्जन यादव
रञ्जन यादव 131 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको सिमरामा अपाङ्गता भएका ब्यक्तिहरुलाई लैगिंक समानता सम्बन्धी तालिम प्रदान भईरहेको छ ।

शुक्रबार देखि सुरु भएको तालिम दुई दिन सम्म चल्ने छ ।

अपांगता भएका व्यक्तिहरुको लागि स्वाबलम्बन जीवन पद्धति केन्द्र (सिआइएल एफ )काठमाडौँको आयोजना तथा नेपाल अपागं सेवा संघ बाराको समन्वयमा उक्त तालिम संचालन भएको हो ।

तालिममा अपाङ्गता भएका ब्यक्तिहरुलाई लैङ्गिक हिँसाको सिकार हुनबाट बचाउँन बिभिन्न उपाय तथा तरिकाहरु सिकाईएको थियो । अपांगता भएका व्यक्ति नै लैगिंक हिंसाको चपेटामा पर्नु परेको र उनीहरुको जीवन सुरक्षित कसरी राख्न सकिन्छ भनि यस्ता तालिमको आयोजना गर्नुपरेको अपांगता भएका व्यक्तिहरुको लागि स्वाबलम्बन जीवन पद्धति केन्द्र (सिआइएल एफ )काठमाडौँका महासचिव गणेश केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले योजना लिएर आए स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरुका लागि काम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

अपांग सेवा सँघ बाराका अध्यक्ष गंगाप्रसाद वाग्लेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपांग महासँघ नेपालका उपाध्यक्ष अनिता गैरे,अपांगता भएका महिलाहरुको महासँघका अध्यक्ष निर्मला धिताल लगायतको उपस्थिति रहेको थियो ।

तालिममा अपांगता व्यक्ति तथा उनीहरुका अभिभावकको सहभागिता रहेको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review