बारामा आन्दोलनको क्रममा तोडफोड र आगजनी गर्नेलाई बाह्र बजाउछु : एसपी तामाङ

साझेदारी दैनिक
634 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) सन्तोष तामाङले जेनजी आन्दोलन र आन्दोलनकै आडमा अपराधिक गतिविधी गर्नेलाई बारा प्रहरीले कारवाही गर्ने बताएका छन ।

उनले आन्दोलन र अपराध विल्कुल फरक कुरा हुन, जनभावनायुक्त आन्दोलनको सम्मान तर यसको कभरमा भएको अपराधको बारा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।

गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनसंगै केही तत्वले अपराधिक मानसिकताले सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड तथा आगजनी भएको छ, यस्ता कार्यमा संलग्न हुने जो कोहीलाई प्रमाण सहित फेलापारे बारा प्रहरीले कडा कारवाही गर्ने बताएका छन ।

समाजमा शान्ति सुरक्षा, मन चयन कायम राख्दै नागरिक स्वतन्त्रताको सम्मान र कानुनी राज्य कायम गर्ने हाम्रो प्रमुख जिम्मेवारी हो,तर्सथ जेन जी आन्दोलनलाई दुरुपयोग गर्दै व्यक्तिगत रिसबी, पूर्वाग्रहका कारण ब्यक्तिको निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड, लुटपाट र आगजनी गर्नेहरुलाई प्रहरीले अनुसन्धान गर्दै कारवाहीको दायरामा ल्याउने उपरिक्षक तामाङले बताए ।

अहिले बारा प्रहरीले यस्ता अपराधिक गतिविधीहरुमा संलग्नहरुको घटनासम्बन्धी विभिन्न तस्वीर, भिडियो र सामाजिक सञ्जलमा पोष्ट भएका सामाग्रीहरुबाट ट्रेस गरी प्रमाण संकलन गरिरहेको जिल्ला एसपी तामाङले जानकारी गराए । प्राप्त प्रमाणका आधारमा फेला परेका दोषीहरुलाई पहिचान गरी कानुनी दायरामा ल्याई निर्मम कारबाही गर्ने तथा बाह्र बजाउने जनाए ।

अपराधको रोकथाम नियन्त्रण र अनुसन्धान गरि दोषीलाई कानुन बमोजिम दण्डित गराउने प्रहरीको दायित्व भित्र पर्ने हुदा कसैको घर, कार्यालय वा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट हुन नदिन आपराधिक गतिविधिमा संलग्न हुनेहरुलाई हदैसम्म निर्मम कारबाही हुन जरुरी रहेको उपरिक्षक तामाङको भनाई छ ।

TAGGED:
Leave a review