बारा । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरको संयुक्त टोलीले पर्साबाट १०० किलो गाँजा बरामद गरेको छ।
आज पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला बरामद गेरको हो ।
संयुक्त सुरक्षा टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा गाँजा बरामद गरेको हो। बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ।
उक्त गाँजा कसको हो र कुन प्रयोजनका लागि त्यहाँ लुकाइराखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।


