दुर्गा विद्यालयका विद्यार्थीलाई दिइयो सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम

साझेदारी दैनिक
656 पाठक संख्या

कलैया :बाराको कलैया उपमहानगरपालिका –७ बरेवामा रहेको दुर्गा नमुना माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम दिइएको छ ।

डिजिटल संसार अझ सुरक्षित र विश्वसनीय बनाउने उदेश्यले कम्प्युटर एसोसिएसन नेपाल महासंघ बारा शाखाको आयोजनामा बिहीबार सूचना तथा सञ्चार प्राविधिक सुरक्षा तथा विश्वास अभिवृद्धि कार्यक्रम दुर्गा बिद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई दिइएको हो ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बारा अन्तर्गत रहेका समुदाय प्रहरी साझेदारीका प्रहरी सहायक निरीक्षक रन्जन कुमार साहले ईन्टरनेट तथा सामाजिक संजाल,साइबर क्राइम अपराध,ब्लैकमेलिङ्ग,कानुनी व्यवस्था सम्बन्धी प्रशिक्षण दिएका थिए।

सो कार्यक्रम कलैया उपमहानगरपालिकाको सहयोगमा शुरु भएको हो। श्री ३ चन्द्र माध्यमिक विद्यालयमा जेठ २३ गते शुक्रबार संचालन हुने कम्प्युटर एसोसिएसन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरीले जानकारी दिएका छन्।

क्यान बाराका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादव,प्रधानाध्यापक मनोज प्रसाद यादव,क्यान बाराका निवर्तमान अध्यक्ष संजय केशरी,विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो।

सो कार्यक्रममा स्वागत क्यान मधेस प्रदेश अध्यक्ष गणेश शर्माको थियो भने सञ्चालन क्यानका जिल्ला सचिव विनोद साहले गरेका थिए।

Leave a review