सिमरा खानेपानी समितिको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार युवराज न्यौपाने पुरै प्यानल नै अग्रस्थानमा

रञ्जन यादव
171 पाठक संख्या

सिमरा : बाराको सिमरामा रहेको सिमरा खानेपानी तथा सरफाई उपभोक्ता समितिको को नयाँ नेतृत्व चयनका लागि शनिवार भएको मतदानको आईतबार रातीसम्म मतपरिणाम आउने क्रम जारी छ ।

साझेदारी दैनिकले यो समाचार तयार पार्दासम्म अध्यक्ष पदका पाँच जना उम्मेदवार मध्ये चरा चिन्हबाट अध्यक्ष पदका उम्मेदवार युवराज न्यौपाने अग्रस्थानमा रहेका छन ।

निर्वाचन समितिका सदस्य सुनिल गाउँलेले दिएको जानकारी अनुसार आईतवार राती करिब ८ः३० बजे मतपरिणाम अनुसार नै चरा चिन्हबाट अध्यक्ष पदका उम्मेदवार न्यौपाने फराकिलो मतान्तरले अगाडी छन ।

न्यौपाने करिब सात सय ९७ मत ल्याएर अगाडी छन भने उनको निकट्तम प्रतिस्पर्दी गुलाब चिन्हबाट अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर क्षेत्री ६ सय ६१ मत ल्याएर दोस्रो स्थानमा छन् । गुलाबको फुल चुनाव चिन्हका उम्मेदवार प्रकाश खुलाल भन्दा मतान्तर एक सय ३६ मतले चरा चिन्हका न्यौपाने अगाडी छन ।

यसैगरी अध्यक्ष पदका अन्य उम्मेदवारहरु चश्मा चुनाव चिन्हका पुर्णचन्द्र तिमल्सिाले चार सय २९ मत, घरछाप चुनाव चिन्हका शशिकुमार गौतमले एक सय ६९ मत र किताब चुनाव चिन्हका राजकुमार भट्राईले एक सय ४४ ल्याएका छन ।

आईतबार बेलुका८ः३० सम्मको मत परिणाम अनुसार चरा चुनाव चिन्हका पुरै प्यानल नै अगाडी छन । चरा चुनाव चिन्हका उपाध्यक्षमा हरिप्रसाद सिंखडाले आठ सय ५३, सचिव अमृत बस्यालले आठ सय ३७ मत, सहसचिव कृष्णकुमार रिमालले आठ सय ३८ मत र कोषाध्यक्ष पदका उम्मेदावर रामकुमार अर्यालले आठ सय पाँच मत ल्याएर अग्रस्थानमा छन्।

यसैगरी समितिको सदस्य पदका सवै पदमा चरा चुनाव चिन्हकै उम्मेदवार अग्रस्थानमा रहकेका छन् । खानेपानी समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा तीन हजार तीन सय २० मत खसेको थियो । जसमध्ये दुई हजार तीन सय ७५ मत गणना भईसकेको र अब ९ सय ४५ मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृत गाउँलेले जानकारी गराए ।

Leave a review

This will close in 0 seconds