बारा प्रहरीले फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा मियाँलाई खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले कुटपिट अंगभंग मुद्दामा अदालतबाट १० हजार रुपैया जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नं.११ मधुरी जब्दी बस्ने अन्दाजी ५३ वर्षीय समसुदिन मंसुरी भन्ने समसुदिन मियाँलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

