बारा : बाराको कलैयास्थित दास गेष्ट हाउसमा शनिबार सम्पन्न पासवान समुदायको एक भेलाले राजदेव पासवानको संयोजकत्वमा नेपाल पासवान कल्याण समाज गठन गरेको छ।
समाजको सह संयोजकमा गणेश पासवान,सचिवमा रामपुकार कुमार पासवान,स–सचिवमा सिकिन्द्र पासवान,कोषाध्यक्षमा रामेश्वर पासवान रहेका छन्।
सदस्यमा खुशी देबि पासवान, शकुन्तला देबि पासवान लाई सर्व सम्मत चयन गरेको छ।समाजको सल्लाहकारमा शिवदयाल पासवान,रामशरण पासवान,रुपनारायण पासवान रहेका छन्।
राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवानको प्रमुख आतिथ्यमा उक्त भेला सम्पन्न भएको हो । उक्त भेलालाई सम्बोधन गर्दे राष्ट्रिय सभा सदस्य पासवानले छुवाछुत ऐन कार्यन्वयन हुन नसकेको गुनासो गरे।
उनले ऐन कार्यान्वयन नहुदा समाजमा अहिले पनि छुवाछुत भईरहेको बताए ।समानुपातिक सहभागितामा मात्र नभई राजनीतिक लगायत राज्यको सबै अंगमा ठाँउ र प्रतिशत समेत तोकी आरक्षणको ब्यवस्था गर्नु पर्ने माग गरे।
अहिले पनि देशका ठुला पार्टीका नेताहरुले दलितहरुलाई भोट बैकको रुपमा प्रयोग गर्ने गरेको उनको उनाई रहेको थियो। कसैको भोट बैक नबनी आफनो अधिकारका लागि संर्घष गर्नुपर्नेमा उनले जोड दिए।
उक्त भेलामा बोल्दै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य सिकेन्द्र पासवानले कोही कसैको दया ले उत्पीडित जातिको मुक्ति सम्भव नहुने बताए ।
उनले उत्पीडित वर्ग, समुदाय नै अन्तिम सम्म क्रान्तिकारी बनिरहन सम्भव रहेको दाबी गरे । उक्त अवसरमा नेपाल पत्रकार महासंघको नव निर्वाचित केन्द्रिय सदस्य पासवानलाई प्रमुख अतिथिले खादा लगाई सम्मान गरेका थिए। रामशरण पासवानको अध्यक्षता उक्त भेला सम्पन्न भएको हो।

