बारामा सशस्त्र प्रहरीद्वारा पाँच लाख भन्दा बढीको अवैध सामान तथा माछा बरामद

साझेदारी दैनिक
354 पाठक संख्या

कलैया । बारामा भारतबाट अवैध रुपमा नेपाल भित्राइरहेको पाँच लाख तीन हजार बराबरको अवैध सामान तथा माछा सशस्त्र प्रहरीले बरामद गरेको छ।

बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वा सीमा ईलाकास्थित बिओपि बरैनियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोषप्रसाद साहको टोलिले एक जनाले साईकलमा बोकी अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको ३५ हजार तीन सय १० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ।

सोही स्थानमा किराना सामान छाडि ब्यक्ति साईकल लिई फरार भएका थिए। यस्तै कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा सीमा इलाकामा सीमा सुरक्षा गुल्म हेडक्वाटर मटिअर्वाबाट खटीएको सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर राना मगरको पाँच जनाको टोलिले सामान बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भन्सार छली पाँच जना ब्यक्तिले टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको एक लाख ७५ हजार बराबरको किराना सामान, जुत्ता सोही स्थानमा छाडी ब्यक्ती फरार भएका थिए।

त्यसैगरी सिम्रौनगढ नगरपालिका ०७ सतुवाही सीमा ईलाकामा बोर्डर आउटपोष्ट गोलागंजबाट सशस्त्र प्रहरी हवल्दार सुदर्शन लामाको टोलीले भारतबाट अबैध रुपमा मोटरसाइकलको प्रयोग गरी ल्याउदै गरेको अन्दाजी मुल्य रु.१८ हजार बराबरको ६० के.जी. माछा र मोटरसाइकल समेत गरी एक लाख ६८ हजार बराबरको माछा र मोटरसाइकल बरामद गरेको हो।

सिम्रौनगढ नगरपालिका –०९ बसबरीया सीमा ईलाकामा वि.ओ.पि.गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर बोहराको कमाण्डमा खटिएको टोलिले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याई बेवारिसे अवस्थामा छाडेको अ.१ लाख २५ हजार रुपैयाँ बराबरको बचुवा माछा ८ कार्टुन अन्दाजी ४५० के.जी. माछा बरामद गरेको छ।

सो माछालाई गोलागंजमा ल्याई पशु क्वारेनटाईन कार्यालय मटिअर्वा संग समन्वय गरी माछा नष्ट गरेको जनाइएको छ।

बरामद सबै सामान भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds