जसपा नेपालको बारा ३ मा क्षेत्रीय भेला सम्पन्न

साझेदारी डेलि
290 पाठक संख्या

कलैया : जनता समाजवादी पार्टी (जसपा) नेपालले बारा क्षेत्र नम्बर ३ मा शनिवार कलैयामा क्षेत्रीय भेला सम्पन्न गरेको छ । क्षेत्रीय कमिटी अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार रामबाबुकुमार यादवको विशेष उपस्थितिमा भेला सम्पन्न भएको हो ।

भेलामा पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेश पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल, पूर्व अर्थमन्त्री सञ्जय यादवको समेत विशेष उपस्थिति रहेको थियो । भेलामा आगामी राजनीतिक गतिविधि तथा निर्वाचन तयारीका विषयमा छलफल भएको क्षेत्रीय अध्यक्ष मण्डलले जानकारी गराए।

उक्त भेलाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन लक्षित क्षेत्र समितिको प्रचार–प्रसार समिति गठन गरिएको छ। भेलामा जसपा केन्द्रीय सदस्यहरू प्रकाश चौगाईं, उमरावती देवी यादव, प्रयागराज यादव तथा डा. कलाम अन्सारीको उपस्थिति रहेको थियो।

यसैगरी जसपा जिल्ला अध्यक्ष रमेश प्रसाद यादव, जिल्ला कोषाध्यक्ष विनोद यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव तथा जसपाका नगर अध्यक्ष रञ्जित चौरसियालगायतको सहभागिता रहेको थियो। कार्यक्रममा कलैया वडा नम्बर २६ का वडा अध्यक्ष धर्मेन्द्र यादव, वडा नम्बर ६ का वडा अध्यक्ष राम विश्वास ठाकुर, वडा नम्बर १९ का वडा अध्यक्ष हरिन्द्र पटेल तथा वडा नम्बर १६ का वडा अध्यक्ष शेषनाथ साह लगायतको सहभागिता रहेको पार्टीले नाएको छ ।

Leave a review