कलैया : पढाईको साथसाथै खेलकुद तर्फ पनि ध्यान दिन आवश्यक रहेको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजीवकुमार यादवले बताएका छन्। बाराको कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलको वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजना गरिएको तीनदिने स्पोट्र्स फेस्टको पुरस्कार वितरण समारोहलाई उनले सम्बोधन शनिबार यस्तो बताएका हुन्।
शिक्षा अतिरिक्तमा सबै क्षेत्रमा विद्यार्थीहरु अगाडी आउनुपर्ने शिक्षा प्रमुख यादवले बताएका छन् । विद्यार्थीहरुले जीवनमा सकरात्मक कुरातर्फ ध्यान दिनुपर्छ,उनले भने। आउने दिनमा देशकै ट्प टेन बिधालयको नामावलीमा पर्न बिधालय परिवारलाई शुभकामना दिएका छन्। कलैया उपमहानगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ट्प टेनमा पर्ने बिधालयहरुलाई छनोट गर्ने शिक्षा प्रमुख यादवले बताएका छन्।
क्रिकेट प्रतियोगितामा बाल एकता एभेन्जर्स,रन अप प्रतियोगितामा बाल एकता रोयल्स,सकेन्ड रन अपमा बाल एकता सुपर किङ्ग्स भएकाहुन्। विजेता तथा उपविजेतालाई मेडल,प्रमाणपत्र र सिल्ड वितरण गरिएको विद्यालयका प्रबन्ध निर्देशक सुमोद कुमार सरार्फले जानकारी दिएकाछन्।
कबड्डी प्रतियोगितामा प्रथम द हन्टर, द्वितीय द रोयल चाएलेन्जर्स र तृतीय टिम वाइरियसलाई समेत उक्त अवसरमा पुरष्कृत गरिएको हो। चित्रकला प्रतियोगितामा प्रथम सुशान्त रजक,द्वितीय आर्यन गुप्ता र तृतीय आल्या साहलाई मेडल,प्रमाणपत्र र सिल्ड वितरण गरिएको छ ।
त्यसैगरी चेस प्रतियोगितामा प्रथम अन्स जयसवाल र द्वितीय आलोक शर्मालाई मेडल,प्रमाणपत्र उक्त अवसरमा वितरण गरिएको छ। गल्र्स क्रिकेट प्रतियोगितामा बाल एकता क्युन्स र बोइज ब्याडमिन्टन प्रतियोगितामा अमित गुप्ता र गल्र्स ब्याडमिन्टन प्रतियोगितामा सुहानी यादवलाई मेडल,प्रमाणपत्र र सिल्ड वितरण गरिएको छ ।
गायन प्रतियोगितामा प्रथम बिकास यादव,द्वितीय अभय गुप्ता र तृतीय कुन्जन यादव र नृत्य प्रतियोगितामा प्रथम पिन्की कुमारी राम,दुतिय अन्तिमा साह र तृतीय जोवोन जयसवाल र बस्केटबल प्रतियोगितामा बोइजतर्फ बाल एकता बल्स,रन अपमा बाल एकता हुपर्स,सकेन्ड रन अप बाल एकता लकर्स र गल्र्स बास्केटबलमा टिम युजि र रन अप टिम जेओनलाई मेडल,प्रमाणपत्र र सिल्ड वितरण गरिएको खेलकुद संयोजक प्रशान्त सरार्फले साझेदारी दैनिकलाई जानकारी दिए।
विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा आईसीटी रोस्टर प्रशिक्षक तथा शिक्षक तालिम केन्द्र मधेस प्रदेशका प्रशिक्षक एवं नेल्टा बारा शाखाका कोषाध्यक्ष नरेन्द्र कुमार निधी, आस मोहम्मद, मधु गौतम, कक्षा ११–१२ का को–ओडिनेटर प्रिन्स कुमार सिंह, प्राइमरी को–ओडिनेटर आदर्श, अनुशासन इन्चार्ज कुन्दन, क्रिकेट कोच कुमार थापा, बास्केटबल कोच विवेक साह लगायत शिक्षक, खेलाडी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सञ्चालन रञ्जन शर्माले गरेका थिए।

