गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिधालयका प्राथमिक शिक्षक सिंहले गरे दुई दिनको अग्रिम हाजिरी

साझेदारी दैनिक
1.4k पाठक संख्या

कलैया : बरियारपुरको गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिधालयका प्राथमिक शिक्षक रमेशकुमार सिंहले दुई दिनको अग्रिम हाजिरी बनाएको पाइएको छ ।

बाराको महागढिमाई नगरपालिका वडा नम्बर –१ मा रहेको गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक बिद्यालयका तृतीय तहका प्राथमिक शिक्षक सिंहले चैत महिनाको १३ र १४ गते दुई दिनको अग्रिम हाजिरी बनाएको पाइएको हो ।

शिक्षक सिंहले चैत १ गते देखी ३ गतेसम्म हाजिरी गरेको हाजिरी पुस्तिकामा देखिएको छ। भने ४ गतेदेखी १२ गतेसम्म उनले हाजिरी नै गरेका छैनन्।

चैत १३ र १४ गतेको अग्रिम हाजिरी गरिएको उनका हाजिरी किताब बाहिरिएको छ । उनको हालसम्म हाजिरीमा रातो मसिले हाजिरी काटिएको छैन्।

शिक्षक सिंह शक्तिको आडमा समयमा बिद्यालय नआउने,मनपरी ढङ्गले बिधालय आउने र हाजिरी गर्ने गरेको श्रोतले जनाएको छ।

सो स्कुलमा उनी गत वर्ष २०८० चैत २८ गते स्थायी शिक्षकको रुपमा नियुक्त भएका हुन्।

Leave a review