कलैया । जेनजी आन्दोलका बेला मकवानपुरको भिमफेदी कारागारबाट भागेका एक कैदी बन्दीलाइ बारा प्रहरीले फेरी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोलीले कारागार तोडी फरार रहेका प्रसौनी गाउँपालिका–१ निवासी २६ वर्षीय विशाल मुखियालाई पुनः पक्राउ गरेको हो।
बारा प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालतले किर्ते तथा डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र रु. १ लाख जरिवाना तोकेका मुखियालाई भिमफेदी कारागार मा राखिएको र उनी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार तोडी फरार भएका थिए।
फरार रहेका मुखियानलाई सोमबार प्रसौनी गाउँपालिका–१ स्थित बिश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।मुखियालाई जिल्ला अदालत बाराबाट चोरी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

