जीतपुर । बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेकातर्फबाट उम्मेदवार किसान श्रेष्ठले चुनावी अभियान अन्र्तगत घरदैलो तथा भेटघाट कार्यक्रम तीव्र बनाएका छन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सञ्चालन गरिएको अभियानअन्तर्गत उम्मेदवार श्रेष्ठले दोस्रो दिन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ र २२ मा व्यापक जनसहभागितासहित कार्यक्रम सम्पन्न गरेका छन ।
उनले घरघरमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवाको स्तरोन्नति लगायत आफ्ना प्राथमिकता सार्वजनिक गर्ने गरेका छन ।
मतदाता भेटघाटका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले चुनावी माहोललाई थप ऊर्जा दिएको सहभागीहरूले बताएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदातासँग अन्तरक्रिया गर्ने क्रममा स्थानीयले सडक, खानेपानी, सिँचाइ, बेरोजगारी र पूर्वाधार विकासका विषयमा विशेष चासो व्यक्त गरेका छन्।
श्रेष्ठले जनताको सुझावलाई आफ्नो प्रतिबद्धतासँग जोड्दै “स्थानीय आवश्यकता नै मेरो पहिलो प्राथमिकता हो” भन्ने धारणा राखेको उनको अभियान टोलीमा सहभागी एक जनाले बताएका छन ।

