Sajhedari Daily
Latest News from Nepal

इन्जिनियरस एशोसिएसनको जिल्ला सम्मेलन तथा अन्तरक्रिया

रबिन्द्र प्रसाद साह /

नेशनल इन्जिनियरस एशोसिएसनको आयोजनामा बाराको कलैयामाजिल्ला सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कलैया स्थित होटल दरबार एन्ड ब्याङ्क्विट, बरेवामा सम्पन्न एशोसिएसनको सम्मेलनको कलैया उपमहानगरपालिका नगरप्रमुख राजेशराय यादवले उद्घाटन गरेका थिए ।

नेसनल इन्जिनियरस एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रमोद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्जिनियरहरुले भोगेको पिडा, इन्जिनियरियरहरुका समस्याहरुलाई कसरी समाधान गर्ने, नेसनल इन्जिनियरस एशोसिएसनलाई कसरी अगाडी बढाउने लगायतका विषयहरुमा छलफल गरिएको थियो।

कार्यक्रममा केन्द्रीय सचिव प्रवेज खान, नेसनल इन्जिनियरस एशोसिएसन बाराका जिल्ला अध्यक्ष मुकेशराज साह, प्रदेश समितिका सदस्यहरू एवम् जिल्ला समितिका सदस्यहरू ्को सहभागिता रहेको थियो।