कांग्रेसको सरकार बन्नासाथै शक्तिशाली आयोग गठन हुन्छ, सबैभन्दा पहिला देउवा र मेरो सम्पत्ति छानबिन हुन्छ : कांग्रेस सभापति गगन थापा

साझेदारी डेलि
442 पाठक संख्या

कलैया : नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव पछि कांग्रेसको सरकार बन्नसाथ शक्तिशाली आयोग बन्ने र सबै पहिला पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा र दोस्रो नम्बरमा आफ्नो स्वयम सम्पत्ति छानबिन गर्ने बताएका छन् । बाराको प्रसौनी बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शनिबार उनले यस्तो बताएका हुन् । उनले पुर्व प्रधानमन्त्री तथा मन्त्रीहरु लगायत सबैको छानबिन हुने समेत बताएका हुन ।

राजनीतिमा उत्तेजना फैलाउने र समाजलाई विभाजित गर्ने प्रवृत्तिको सट्टा सहमति र एकताको आवश्यकता रहेको उनले बताए । पछिल्लो समय सामाजिक सञ्जालमा देखिने नकारात्मक कुराहरूले समाजलाई कता लैजाँदैछ भन्नेमा चिन्ता व्यक्त गरे।

सम्बोधनका क्रममा उनले भने, “आजभोलि गाडिदिन्छु, हान्दिन्छु, जलाइदिन्छु, ठोकिदिन्छु भन्ने जस्ता उत्तेजित कुराहरू चाँडै भाइरल हुन्छन्, तर म मिलाउने र सम्हाल्ने कुरा गरिरहेको छु। मिलाउने कुराहरू सायद त्यति सजिलै भाइरल नहोलान्, तर देशलाई अहिले यही आवश्यक छ।”

थापाले अबको ५ वर्षलाई नेपालको इतिहासकै सबैभन्दा स्वर्णिम समय बनाउने संकल्प व्यक्त गरे। उनले चुनावका बेला जस्तै चुनाव जितेपछि पनि दिनको १८–२० घण्टा काम गरेर परिणाम निकाल्ने र देशका युवाहरूलाई स्वदेशमै गौरव गर्ने वातावरण बनाउने प्रतिवद्धता जनाए।

अहिलेको नयाँ राजनीतिक शक्तिको उदय र कोलाहललाई लक्षित गर्दै थापाले २०६४ सालको संविधानसभा निर्वाचनको स्मरण गरे। “त्यतिबेला पनि नयाँ भन्दै आएकाहरूले भित्तामा नयाँ नेपाल जिन्दाबाद र पुरानो मुर्दावाद लेखेका थिए, तर न नयाँ बन्यो न पुरानो रह्यो” थापाले भने।

उनले सामाजिक सञ्जालको होहल्ला र नयाँ भर्सेस पुरानोको विवादमा मात्र नभई वास्तविक मुद्दा र काम गर्ने क्षमतामा ध्यान दिन आग्रह गरे। थापाले कांग्रेसले जहिले पनि समाजलाई जोड्ने र सबैलाई समेटेर अगाडि बढ्ने राजनीति गरेको दाबी गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई स्पष्ट बहुमत दिन अपिल गरेका छन् ।

यहाँ उधोग खोल्ने किन आउदैन भने,हामी यस्तो कानुन र समाज बनाएको छौँ,लगानी गर्न आउ भन्छौं तर नाफा कमाएर गयो भने भाठा हानेर लखेटछौ, अनि कोहि आउदैन,५० वटा यस्ता कानुनहरु छन्,त्यो बेकार छन्,उनले भने ।

हाम्रो सरकार बन्दै गर्दा वर्षको १० लाख सम्म कमाउने नेपालीले १ रुपैयाँ पनि कर तिर्नु पर्दैन उनले भने । यो चुनाव सांसद दिन्छ र सांसदले सरकार दिने ,हामीलाइ संविधान र प्रणाली जोगाउनु छ,उनले भने । नेपालमा फेरि भदौ २३ र २४ नदोहोरियोस,गोलिले फेरि युवा नमारियोस र कोहि ब्यक्ति मुखुण्डो लगाएर सिह दरबार जलाउन नआहोस उनले भने ।

तपाइँहरु बारा निर्वाचन क्षेत्र नम्बर १ मा शम्भु बहादुर बुढाथोकी,२ मा भैयाराम यादव,३ मा फरमुल्लाह मंसुर र ४ मा श्यामबाबु गुप्तालाइ जिताएर पठाउनुस हामी बहुमतले सरकार बनाउनुपर्ने बताए । बैशाख १ गते नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्छु,५ वर्षको लागि होइन जम्मा १ महिनामा के के गर्नु पर्ने काम हो त्यो लेखेर काम गर्ने संकलप गर्ने सभापति थापाले बताएका छन् ।

४ का क्षेत्रीय सभापति सुनिल गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा ३ का उम्मेदवार फरमुल्लाह मंसुर,४ का उम्मेदवार श्यामबाबु गुप्ता,संविधान सभा सदस्य शुभाकर पाराजुली,नेपाली कांग्रेस बाराका उप-सभापति मनोज भट्ट,अमिरि पाल,रामानन्द यादव,४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,राजेश सिंह लगायत नेता तथा कार्यक्रमहरुको उपस्तिथि रहेको थियो ।

Leave a review