पहिलो पटक बारा उद्योग बाणिज्य संघमा सर्वसहमतिबाट नेतृत्व चयन भएको छ।संघको सभाहलमा मंगलवार आयोजित पत्रकार सम्मेलन गरी संघको इतिहास मै पहिलो पटक सर्वसहमतबाट संघको अध्यक्ष पदमा राज कुनार साह निर्वाचित भएको जानकारी गराएको छ।
निर्वाचन व्यवस्थापक तथा कार्यक्रम व्यवस्थापक अमित मिश्रले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी गराएका थिए। मनोनित सहित ३४ सदस्ययी रहेको कार्यसमिति संचालन समितिको अध्यक्षको चयन सर्वसहमतबाट गरिएको तथा बाँकि ३३ जनाको पनि सर्वसहमतबाट प्रसाय गरिने मिश्रले जानकारी गराए । जुन पदमा सर्वसहमति हुदैन त्यस पदका लागि मात्र निर्वाचन प्रक्रियामा जाने पनि जानकारी उक्त सम्मेलन मार्फत गराइएको थियो।
संघले निर्वाचन सम्पन्न गर्नका लागि तीन सदस्ययी निर्वाचन समितिको पनि घोषणा गरिएको छ। उक्त समितिमा प्रमुख निर्वाचन अधिकृत प्रहमहंस केशरी, निर्वाचन अधिकृतहरुमा नागेन्द्र राउत र प्रभात चन्द्र दहाल रहेका छन्।
अध्यक्ष पदमा निर्वाचित साह यो भन्दा अगाडि संघको महासचिव पदमा रहि कार्य गर्दै आएका थिए।संघको कुल सदस्यता ९ हजार ५ सय ४ जना रहेकोमा हालसम्म करिब दुई ६० जनाले नाम नवीकरण गराईका सकेका छन। नाम नवीकरण गराउने व्यावसायीहरुले मात्र मतदान प्रक्रियामा सहभागी गराईने संघले जनाएको छ ।