नेपाली कांग्रेस ‘बा’को पार्टी होइन,यहाँ कोही भीम रावल बन्दैन : महामन्त्री थापा

साझेदारी दैनिक
490 पाठक संख्या

कलैया । नेपाली कांग्रेस ‘बा’को पार्टी होइन,यहाँ कोही भीम रावल बन्दैन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को वडहर्वा खेल मैदानमा भएको नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन ।

कांग्रेस पार्टी अन्य पार्टी जस्तो नभएको र यहाँ फरक मत र आलोचना गर्न पाइने समेत उनले बताएका छन् ।

२०८४ को निर्वाचनमा कुनै पार्टीले पनि गठबन्धनको कल्पना गर्न नहुने महामन्त्री थापाले बताएका छन् । एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितीको निर्माण गर्न सक्नु पर्ने बताएका छ्न ।

महामन्त्री थापाले गठबन्धन नफापेको र मधेस बिनाको काँग्रेस कल्पना समेत गर्न नसिकने महामन्त्री थापाले बताएका छन ।

क्षेत्रिय सभापति प्रभात कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री फरमुलह मंसुर,सहमहामन्त्री उमाकान्त चौधरी,केन्द्रीय सदस्य प्रकाश स्नेही रसाईली,प्रदेशका उपसभापति चन्द्रशेखर यादव,बिरेन्द्र सिह,सहमहामन्त्री जयनारायण यादव,जिल्ला सचिव भैयाराम यादव,नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादव,क्षत्रिय सचिव राजेश भंण्डारी,क्षेत्रिय प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review