रञ्जन यादब/
बाराको सिमरा स्थित जगदम्बा स्टिलको ११ जना मजदुरमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । उद्योगले साउन २५ गते काठमाडौँको टोली बोलाएर आफनो १ सय २३ जना मजदुरहरुको पिसिआर पद्धतीबाट स्वाब परिक्षण गराएको थियो ।
आज आएको नतिजामा ४ जना नेपाली र ७ जना भारतीय गरी ११ जनामा कोरोेना पोजेटिभ देखिएको युनियनका सचिव दिपक कार्कीले जानकारी दिनुभयो ।
कोरोना भाईरस देखिने मजदुरहरुलाई स्थानीय सिमराकै होटलमा क्वारेनटिन बनाएर राख्ने कुरा भईरहेको सचिव कार्कीले बताउँनुभयो । मजदुरहरुको स्वाब काठमाडौको बिद ल्याबमा परिक्षण गरिएको थियो । उद्योग प्रशासनले कोरोना परिक्षण गर्न नमान्दा मजदुरहरुले केही दिन आफनो सम्पुर्ण कामकाज थप गरी आन्दोलन गरेका थिए ।