कलैया उपमहानगरपालिकाद्वारा इन्धन खर्चमा ५० प्रतिशत कटौती

साझेदारी डेलि
304 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिकाले इन्धन खर्चमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंहले आज एक सूचना जारी गर्दै इन्धनको आयातमा देखिएको समस्या र मूल्यवृद्धिका कारण यस्तो निर्णय गरिएको जानकारी दिएका हुन्।

सूचनाअनुसार अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अतिआवश्यक सेवा तथा फिल्डमा खटिने कर्मचारीबाहेक अन्यलाई इन्धन उपलब्ध नगराइने उल्लेख गरिएको छ। साथै, फिल्ड प्रयोजनका लागि पनि पहिलेको तुलनामा ५० प्रतिशत खर्च कटौती हुने गरी मात्र इन्धन उपलब्ध गराइने जनाइएको छ। नगर प्रमुखको आदेशअनुसार लागू गरिएको छ।

Leave a review

This will close in 0 seconds