Sajhedari Daily
Latest News from Nepal

बालगंगा पुलको विभिन्न सरोकारवालाद्वारा निरिक्षण

रबिन्द्र प्रसाद साह/
जीतपुरसिमरा उपमहानगरपालिकामा पर्ने सिमरा–कोल्हवी जोड्ने बालगंगा नदिमा निर्माण भईरहेको पुलले कलैया उपमहानगरपालिकाका सरोकारवालाहरुले विहिवार निरिक्षण गरेका छन ।

उक्त बालगंगा नदिने कलैया उपमहानगरपालिकामा पर्ने सखुई गाउँ डुबानमा पर्ने भएको हुनाले कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव सहितको टोलीले पुल निर्माणको अनुगमन तथा निरिक्षण गरिएको छ। अनुगमन पश्चात उक्त समस्याबाट सखुई बासिलाई कसरी छुटकारा दिलाउने बारेमा स्थानीयहरूसंग पनि छलफल गरिएको थियो।

सो अवसरमा नगरप्रमुख यादव लगायतको टोलीले सखुई बासिलाई उक्त समस्याबाट समयमा नै कुनै उपाय गरि सावधान गर्ने आश्वासन समेत दिइएको छ । टोलीमा बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको पनि उपस्थिति रहेको थियो ।

यसैगरी सोही टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा निर्माण गरिएको नदिको तट्बन्धनको निरीक्षण समेत गरिएको थियो । तटबन्धन कार्यवारे अनुगमन टोलीलाई उपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष पुनदेव रौनियारले जानकारी गराएका थिए ।सहित गरिएको थियो।

Comments are closed.