करैयामाई गाउँपालिकाद्वारा ४५ करोड ६८ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक

साझेदारी डेलि
50 पाठक संख्या

कलैया । बाराको करैयामाई गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले शुक्रबार गाउँपालिकाको १९ औं गाउँ सभामा ४५ करोड ६८ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन्।

संघीय सरकारबाट समानिकरण अनुदान ९ करोड ८६ लाख रुपैयाँको आय प्रक्षेपित गरिएको छ। यस्तै सशर्त अनुदान चालु १६ करोड ३५ लाख,सशर्त अनुदान पूंजिगत ३८ लाख,विषेश अनुदानमा १ करोड ८० लाख रुपैयाँको आय प्रक्षेपित गरिएको छ। समपुरक अनुदान पूंजिगत १ करोड ८१ लाख रुपैया, तथा राजस्व बाडफाडबाट ८ करोड ८२ लाख १४ हजार रुपैयाँ अनुदान प्राप्त हुने प्रषेपित गरिएको छ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ६८ लाख १५ हजार प्राप्त हुने अनुमान गरिएको छ। सवारी साधन राजस्व बाँडफाड ५० लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुनेछ। त्यसैगरी गाउँपालिकाको आन्तरिक श्रोतहरुबाट १ करोड ३८ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। मालपोत रोयल्टी १ करोड ३५ लाख ७ हजार रुपैयाँ बराबर अनुदान प्राप्त हुने छ । गत वर्षको मौज्दात ३ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको जनाइएको छ।

गाउँपालिकाले कृषि,शिक्षा,संस्कृति,युवा तथा खेलकुद,लैङ्िगक समानता र समावेशीकरण,स्वास्थ्य,भौतिक पूर्वाधार, वन वातावरणको क्षेत्रलाई विषेश प्राथमिकतामा राख्ने नीति लिएको छ।
सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार,पुर्वाधार निर्माण,कृषि,पर्यटन र सशक्तीकरण करैयामाईको आधार भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो।

गाउँसभामा गाउँपालिकाकि उपाध्यक्ष सुनैना कुमारी चौधरी,वडा अध्यक्ष,गाउँ कार्यपालिका सदस्यहरु,योजना प्रमुख वीरेन्द्र महतो,सुरक्षाकर्मी,सञ्चारकर्मी,शिक्षकहरु लगायतको उपस्तिथि रहेको थियो। कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत नागेन्द्र यादवले स्वागत गरेका थिए।

Leave a review

This will close in 0 seconds