उपसभामुखमा श्रम संस्कृतिकी रुवी ठाकुरको उम्मेदवारी

साझेदारी डेलि
315 पाठक संख्या

बारा । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदका लागि राजनीतिक सरगर्मी बढेको छ। यसैक्रममा श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबीकुमारी ठाकुरले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन्। युवा उम्मेदवार ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।

रास्वपाले ठाकुरको समर्थनमा आफ्ना सांसद अशोककुमार चौधरीलाई समर्थकका रूपमा पठाएको छ ।

अर्कोतर्फ, उपसभामुख पदकै लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आफ्नो छुट्टै उम्मेदवारी दर्ता गरेको छ। राप्रपाबाट सरस्वती लामा चुनावी मैदानमा उत्रिएकी छन्। लामाको प्रस्तावकमा ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकका रूपमा ताहिर अली, खुश्बु ओली र भरत गिरीले हस्ताक्षर गरेका छन्।

Leave a review