Sajhedari Daily
Latest News from Nepal

निकुञ्जद्धारा जीतपुरसिमरा २ निवासी  श्रेष्ठको घरवाट वन्यजन्तु बरामत

पर्सा राष्ट्रिय निकुञ्जले मासुखाने प्रयोजनका लागि घरमा लुकाई छिपाई राखेको अवस्थामा जीतपुरसिमरा वडा नं २ निवासी राधिका श्रेष्ठको घरवाट जंगली बदेल बरामत गरेको छ ।

सोमवार दिउँसो निकुञ्ज प्रशासनले श्रेष्ठको घरवाट वन्यजन्तु बदेल राख्ने खोरसहित राधिका श्रेष्ठका पति जिवनकुमार श्रेष्ठलाई नियन्त्रण लिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, (पाँचौ शंसोधन २०७३) को दफा ५ (१) अनुसार अधिकार प्राप्त व्यक्तीवाट लिखित अनुमती नलिई कुनैपनि व्यक्तीले राष्ट्रिय निकुञ्ज तथा आरक्षभित्र वन्यजन्तुको शिकार तथा ओसारपोसार गर्न निषेध गरिएको छ ।

निषेधित क्षेत्रवाट वन्यजन्तु ल्याएर घरमा लुकाईछिपाई राखेको अवस्थामा निकुञ्ज प्रशासनले घरधनि जिवनकुमार श्रेष्ठलाई खोर र बदेल सहित नियन्त्रणमा लिएर कारवाही प्रकिया अगाडी बढाएको छ ।

गैह्रकानुनी रुपमा वन्यजन्तुलाई घरमा लुकाईछिपाई राख्नु गलत कार्य भएको बताउछन् जनहित उपभोक्ता समिति अध्यक्ष अमृतलाल श्रेष्ठ । ‘यो त ठाडै गैह्रकानुनी कार्य हो, यस्तो घटनामा कानुन बमोजिम कारवाही हुन्छ’ श्रेष्ठले भने ।राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहमा२ कार्यकाल अध्यक्षको समेत जिम्मेवारी सम्हालेका नरेन्द्र थापा र राधिका श्रेष्ठ एउटै टोलका हुन् ।

वन समिति अध्यक्षको घर छेउमैवन्यजन्तु लुकाईछिपाई राखेको विषयमा भने थापा मुखदर्शक बनेका देखिएका । राधिका श्रेष्ठले सो बदेल भेडेखोलाबाट ल्याएको स्थानियहरुले जनाएका छ । पर्सा राष्ट्रिय निकुञ्ज भित्रको भेडेखोलाबाट यसअघि ३ ओटा बदेल ल्याएर २ ओटा मासु खाईसकेको र बाँकी रहेको सो बदेल फागुपुर्णिमाका मासु खाने प्रयोजनाका लागि लुकाई राखेको श्रोतले जनाएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले अवैध ढंगले वन्यजन्तुलाई घरमा लुकाई राख्नु गैह्रकानुनी काम भएकोले कानुन बमोजिम कारवाही हुने जनाएका छन् । घरमा मासु खाने प्रयोजनका लागि लुकाई राखेको बदेल बरामत भए कानुनी रुपमा ६ महिनासम्म कैद र २० हजार रुपयाँ सम्म जरिवाना व्यवस्था रहेको निकुञ्ज मुद्दा शाखाले जनाएको छ ।