कलैया : नेपाली काँग्रेसका पूर्वउपासभापति तथा पुर्वउपप्रधानमन्त्रि विमलेन्द्र निधिले पार्टीको आउँदो १५ औँ महाधिवेशनमा आफू पनि सभापतिमा उम्मेदवारी दिन इच्छुक रहेको बताएका छन ।
नेता निधीले नेपाली काँग्रेसका नेताहरुसँग छलफल गरिरहेको बताए। काँग्रेसको एक सयदिने कार्यक्रमको समापनका लागि आईतबार बाराको कलैया आएका नेता निधिले यस्तो बताएका हुन । उनले आफुपनि सभापतिका लागि उम्मेदवारी दिने तयारीमा लागेको बताउदै सो बारे पार्टीका नेताहरुसँग छलफल गरिरहेको बताएका छन । नेपाली काँग्रेस नियमित अधिवेशनमा लागि सकेको स्पष्ट पार्दै विशेष महाधिवेशनको औचित्य समाप्त भएको प्रष्ट पारे।
कलैयास्थित पार्टी कार्यालयमा आयोजित विस्तारीत वैठकलाई सम्बोधन गर्दै नेता निधिले अगामी फागुन २१ मा चुनाव हुदैन भन्ने भ्रममा नपर्न नेता तथा कायकर्ताहरु संग आग्रह गरेका छन । निर्वाचन बारे छरिएको भ्रम चिर्न गाउँ गाउँसम्म नेता कार्यकर्तालाई निर्देशन दिए। नेता निधिले निर्वाचनलाई प्रभाव पार्ने कुनै गतिविधि नगर्न सरकारलाई पनि आग्रह गरेका छन।
फागुन २१ को चुनावको तयारीमा लाग्न पार्टीका नेता तथा कार्यहर्ताहरुसंग नेता निधिले आग्रह गरेका छन। उनले अहिलेको सरकारको काम निर्वाचन शान्तिपुर्ण रुपमा गराउनु रहेको बताए। यो सरकारले चुनाव गराउन सकेन भन्ने ईतिहासमै कंलकित बन्ने समेत उनको भनाई रहेको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजीे आन्दोलनले संविधान र लोकतन्त्र प्रणाली खतरामा परेको उनले बताए । चुनाव भएन भने संविधान र लोकतन्त्र अझै खतरामा पर्ने उनको भनाई थियो । संसद पुर्नस्थापनाको बिषयमा अदालतले के गर्छ त्यो अदालतको जिम्मेवारी रहेको पनि नेता निधिले स्पष्ट पारे ।
पार्टीको बिधान अनुसार नै क्रियाशिल सदस्यता बितरण गरिने उनले बताए । उतm बैठकलाई सम्बोधन गर्दे नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले पार्टीको हित बिपरित आफु नजाने बताए । उनले काँग्रेस बाराको बिबाल ब्रेक थ्रु भईसकेको जनाए । पार्टीको तल्लो निकायलाई चुरुत तुरुस्त बनाउनु पर्छ उनले भने । उनले काँग्रेसले मात्र देशको समस्या समाधान गर्ने ठोकुवा गरे ।काँग्रेसको नेतृत्वमा सरकार बन्यो भने लोकतन्त्र र संविधान रक्षा हुने उनले बताए । लोकतन्त्रलाई बलियो बनाउनु काग्रेसको प्रमुख दायित्व रहेको नेता मन्सुरको भनाई रहेको थियो।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली काँग्रेसका अर्का सहमहामन्त्री उमाकान्त चौधरीले देश संकटमा परेको बेला नेपाली काँग्रेसले मात्रै निकास दिने गरेको बताए । नेपाली काँग्रेस निर्वाचन बाट नभाग्ने उनको भनाई रहेको थियो । उनले यो सरकार असंबैधानिक रहेको भन्दै सर्वाेच्चमा मुद्दा दायर गरिएको समेत जनाए। उनले जेनजी आन्दोलनमा काँग्रेसको नेताको घरमा लुटपाट, आगजनी गरिएको प्रति खेद प्रकट गरे । लुटपाट र आगजनि गर्नेलाई कारवाही हुनुपर्छ नेता चौधरीको भनाई छ । काग्रेस भित्र अन्तरघात महारोग रहेको उनको भनाई रहेको थियो।
बैठकमा नेपाली काँग्रेसका पुर्वकेन्द्रिय सदस्यहरु राधेचन्द्र यादव, बृजलाल यादव, आमन्त्रित केन्द्रिय सदस्य नारायणी रायमाझी, नेपाली काँग्रेस बाराका उपसभापति मनोज भटृ, बारा क्षेत्र नम्बर १ का क्षेत्रीय प्रतिनिधी सिकेन्द्र पासवान, २ का क्षेत्रिय सभापति रामप्रवेश यादव, ३ का क्षेत्रीय सभापति प्रभातकुमार चौरसिया, ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता लगायतले नेपाली काँग्रेसको क्रियाशिल सदस्यता बारे आफनो धारणा राखेका थिए । काँग्रेसका जिल्ला सभापति राजेश राय यादवको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा सञ्चालन राजेन्द्र जयसवालको रहेको थियो ।

