सानेपा असुरको कब्जामा,असली कांग्रेस हामीसँग छ’ : निधि

साझेदारी डेलि
77 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

बारा । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टी नेतृत्वमाथि तीव्र प्रहार गर्दै आफूहरू रहेको समूह नै “असली कांग्रेस” भएको दाबी गरेका छन्।

बाराको कलैयास्थित वि.पी. स्मृति भवनमा सोमबार आयोजित जिल्ला कार्यसमितिको विस्तारित बैठकमा बोल्दै निधिले कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई लक्षित गर्दै “इन्द्रासन असुरहरूको कब्जामा परेको छ” भन्ने विवादास्पद अभिव्यक्ति दिए। उनले कांग्रेसलाई नक्कली समूहले अपहरण गरेको आरोपसमेत लगाए।

निधिले जिल्ला सभापति राजेश राय यादव माथिको निलम्बनलाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गर्दै उक्त निर्णयविरुद्ध आफूहरू एकजुट रहेको बताए। उनले बाँकी रहेका प्रदेश अधिवेशनहरू तत्काल सम्पन्न गरी पार्टीभित्रको विवाद अन्त्य गर्न नेतृत्वलाई दबाबसमेत दिए।

भेलामा पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले पनि नेतृत्वविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै पार्टीको निर्णय प्रक्रियामाथि प्रश्न उठाए।

उनले निर्वाचित जिल्ला सभापतिलाई निलम्बन गर्ने अधिकार कसैलाई नभएको जिकिर गर्दै “राजेश राय यादवलाई हटाउने सामथ्र्य छ भने १५ औँ महाधिवेशनबाट हटाएर देखाऊ” भन्दै खुला चुनौती दिए।

भेलामा पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादवले समेत पार्टीभित्र गद्दार र अवसरवादी तत्वलाई संरक्षण गरिए कांग्रेस झन् कमजोर बन्ने चेतावनी दिए।

यता बारामा आयोजित यो भेला कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक ध्रुवीकरण र नेतृत्वविरुद्धको असन्तुष्टिको अर्को सार्वजनिक प्रदर्शनका रूपमा हेरिएको छ।

Leave a review

This will close in 0 seconds