राष्ट्रिय क्रिकेटर आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा घाइते

साझेदारी डेलि
110 पाठक संख्या

बारा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन्।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका निवासी अन्सारी सवार मोटरसाइकल बम नहर सडकखण्डअन्तर्गत थलही पुलमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाका क्रममा उनी पुलमुनि खसेका थिए।

घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ। परिवारका अनुसार अन्सारीको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a review