सोनार हत्याका मुख्य आरोपित भारतीय नागरिक पक्राउ

संदिप प्रसाद यादव
411 पाठक संख्या

कलैया : बारा प्रहरीले वीरेन्द्र साह सोनारको हत्या आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत रक्सौल हाल पर्साको बहुदरमाई नगरपालिका बस्ने २८ वर्षिय बिजय गुप्ता रहेका प्रहरीले जनाएको छ ।

जिल्लाको प्रसौनी गाउँपालिका वडा नं १ स्थित त्रिवेणी पुल नजिक गण्डक नहरको किनारमा मृत अवस्थामा फेला परेका वीरगन्ज महानगरपालिका वडा नं ३ छपकैयाका बिरेन्द्र साह सोनारको हत्यामा सम्लग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गुप्तालाई पर्सा प्रहरीको सहकार्यमा वीरगञ्ज नाका इनर्वाबाट बुधवार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विवाहेत्तर सम्बन्धका कारण यो हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षकले प्रकाश सापकोटाले बताएका छन् ।

गत कात्तिक १ गते सोनारको मृत अवस्थामा शव फेला परेको थियो ।

Leave a review